धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नेपालीहरूको महान् पर्व बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीसहित सुदूरपश्चिमवासीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्री भट्टले बडादसैँको अवसरमा जारी गरेको शुभकामना सन्देशमा सत्यको विजय, सदाचार, आपसी सद्भाव, सहिष्णुता, सामाजिक एकता र राष्ट्रिय एकताको भावना थप सुदृढ बनाउन पर्वले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।


उनले मौलिक कला, संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण तथा प्रवर्द्धन गर्दै समुन्नत, समृद्ध र आत्मनिर्भर सुदूरपश्चिम प्रदेश निर्माण गर्ने साझा सङ्कल्पलाई बडादसैँले थप ऊर्जा र प्रेरणा प्रदान गर्ने बताएका छन्।
साथै, सबै नेपालीबीच आपसी प्रेम, भाइचारा, सहयोग र सहकार्यको भावना अभिवृद्धि गर्दै समृद्ध नेपालको निर्माणमा एकजुट भएर अघि बढ्न पनि उनले आग्रह गरेका छन्।
दुर्गा भवानीको आशीर्वादले सबैमा सुख, शान्ति र सकारात्मक ऊर्जा प्राप्त होस् तथा प्रत्येक नेपालीको घरआँगनमा हर्षोल्लास छाओस् र हरेक परिवारमा सुख, शान्ति एवं समृद्धिको उज्यालो फैलियोस् भन्ने कामना मुख्यमन्त्री भट्टले गरेका छन्।















