खाेज्नुहाेस

बझाङका अम्मर कामीको प्रश्न ‘अब हामीले के खाने, कता बस्ने ?’

Image

रमेश बहादुर सिह/बझाङ – बझाङको खप्तडछान्ना गाउँपालिका – १ खोलामोगरका ४३ वर्षीया अम्मर कामी वर्षभरी कसरी गुजारा चलाउने भन्ने चिन्तामा डुबेकी छन् । बेमौसमी वर्षाले भएको जमिन पहिरोले बगाएपछि उनी अहिले के खाने, कता बस्ने भन्ने चिन्तामा परेका हुन् ।

असोज ३१ गतेदेखि कार्तिक ३गते सम्म परेको अविरल वर्षाले सबै आफुसँग भएको जमिन पहिरोले बगाएपछि बनाएपछि अम्मलेले निरास हुँदै भने ‘अब ‘परिवारलाई कमाएर खुवाउने गाउँ नै छोडेर भारत जानु बाहेक अन्य उपाय केही छैन ।’

attariya hospital

स्थानीय जमिन्दारको जमिन अधियामा खेती लगाउदै आएका अम्मरको दैनिकी खेतमा बित्ने गरेको थियो तर अब सबै जमिन बेमौसमी वर्षाले बगाएर बगरमा पुगाएपछि अब के गरेर खाने भने ठूलो चिन्ता रहेको छ । उनले भने ‘गाउँमा रोजगारी पनि पाइँदैन । सानो जमिन थियो र वर्षभरी पुगनपुग खानलाई हुन्थ्यो तर, अब त त्यो पनि छैन कसरी गुजारा चलाउने हो ? के खाने ? भन्ने चिन्ताले रात उघारिएकै आँखाले काट्ने गरेको छु ।’

navjiwan hospital

उनकै छिमेकी तारा थापाको पनि अवस्था उस्तै छ । ताराथापाको पनि सबै जमिन बगर भएको छ । उनले पालिकामा जमिनको क्षतिको क्षतिपूर्तिको लागि आफ्नो नाममा भएको लालपूर्जा दिएको बताए ।

बाढीको बितण्डा नदखेका यहाँका स्थानीय बासिहरू संघ, प्रदेश र स्थानीय तहले आफ्नो समस्या बुझेर राहतको व्यवस्था गर्नुपर्ने आशामा छन् ।

गत असोज ३१ गतेदेखि परेको बेमौसमी वर्षातको कारण खय्तड छान्ना गाउँपालिका झण्डै १५० घर परिवारको जमिन नोक्सान गरेको छ भने अन्य ठाउँमा पनि सोही अनुपातमा क्षति गरेको गाउँपालिकाका अध्यक्ष बर्ख बहादुर रोकाया बताउछन् ।

अध्यक्ष रोकायाले असोज महिनाको अन्तिममै परेको बेमौसमी पानिका कारण पालिकामा ठूलो क्षेति भएको जानकारी दिए । उनले यसबाट करिव ५० करोड नोक्सानी भएको तथ्यांक निकालिएको बताए ।