खाेज्नुहाेस

उपाधि जित्ने लक्ष्यका साथ गोदावरीको महिला फुटबल टिम काठमाण्डौं प्रस्थान

Image

अत्तरिया – उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल छनोट प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरेको गोदावरी नगरपालिकाको महिला फुटबल टिम काठमाण्डौं प्रस्थान गरेको छ । कार्तिक २४ गते हुने नक आउट चरण खेल खेल्न नगरपालिकाको टिम आईतबार सडक मार्ग हुँदै काठमाण्डौं प्रस्थान गरेको हो ।

१० समूहमा विभाजित ३१ टिम सहभागि रहेको प्रतियोगितामा समूह ‘जी’ विजेता बन्दै गोदावरी नगरपालिकाको टिम नक आउट चरणमा प्रवेश गरेको थियो ।

attariya hospital

पहिलो पटक सहभागि भएर ऐतिहासिक सफलता हात पारेको नगरपालिकाको टिमलाई आइतबार गोदावरी नगरपालिकाले विदाई गरेको छ । नगरपालिका कार्यालयको प्राङ्गणमा भएको एक कार्यक्रममा बिच नगरपालिकाका तर्फबाट उपप्रमुख रत्ना कडायतले खेलाडीलाई विदाई गरेकी हुन ।

उनले नगरपालिकाको टिमले उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल छनोट प्रतियोगिता राम्रो खेल प्रर्दशन गरेको भन्दै आगामी जितेको शुभकामना व्यक्त गरिन् । ‘गोदावरी नगरपालिकाको प्रतिनिधित्व गरेर गएको महिला फुटबल टिमलाई हार्दिक शुभकामना दिन चाहन्छु’ उनले भनीन् ‘टिमले हाम्रो नगरपालिकाको गौरभ बढाएको छ । आगामी दिनमा हुने खेलमा पनि जित हासिल गरेर नगरपालिकाको टिमले उपधि ल्याएर आउने अपेक्षा छ ।’

उनले अबको खेलमा खेलाडीलाई हौसला प्रदान गर्नका लागि नगरपालिकाको प्रतिनिधित्व गरेर काठमाण्डौं जाने योजना बनाएको बताईन् ।

navjiwan hospital

उपाधि जित्ने लक्ष्य 

अत्तरिया फुटबल एकेडमीमा प्रशिक्षण लिएका खेलाडी सहभागि टिमले यस पटक प्रतियोगिताकै उपाधि जित्ने दाउमा देखिएको छ । उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल छनोट प्रतियोगितामा पहिलो प्रटक सहभागि भएपनि २ टिमलाई ठूलो गोल अन्तरले पराजित गरेर नक आउट चरणमा पुगेकाले टिमको हैसला बढेको छ ।

अत्तरिया फुटबल एकेडमीका अध्यक्ष एवम् गोदावरी नगरपालिकाको महिला फुटबल टिमको नेतृत्व गरिरहेका संजय ओझाले आफूहरु उपाधि जित्ने लक्ष्यका साथ काठमाण्डौं गइरहेको बताए । उनले आफूहरुले तिहारमा पनि भाइटिकाको दिन बाहेक कडा मिहेनत गरेको बताए । ‘आगामी प्रतिप्रधा निकै कडा भएपनि हामी जित्ने मनोबलका साथ खेल्ने छौ’ उनले भने ‘नक आउट चरणमा बलियो मानिने ललितपुर नगरपालिका र कन्काई नगरपालिका संग प्रतिप्रधा हुनेछ । हामी पहिलो चोटि खेलिरहेको भएपनि हामी सबैभन्दा ठूलो उपाधि भित्र्याउन सफल हुने छौ ।’

टिमकी क्याप्टेन यशोधा रावलले गोदावरी नगरपलिकाको नामलाई राष्ट्रिय स्तरमा चिनाउन जसरी भएपनि प्रतियोगिता जित्ने गरि खेल्ने बताईन् ।

नक आउट चरणमा समूह ‘ए ’बाट कन्काइ नगरपाकिका, समूह ‘बी ’बाट ललितपुर महानगरपालिका, समूह ‘सी’बाट बर्दियाको बाँसगढी नगरपालिका, समूह ‘डी’ बाट झापाको शिवसताक्षी नगरपालिका, समूह ‘इ’ बाट इलामको रोङ गाउँपालिका, समूह ‘एफ’ बाट दाङको तुलसीपुर नगरपालिका, समूह ‘जी’ बाट कैलालीको गोदावरी नगरपालिका र समूह ‘एच’ बाट धनगढी उपमहानगरपालिका पुगेका छन । प्रतियोगिताको फाइनल खेल खेल २८ गते हुनेछ । फाइनलमा पुग्ने दुई टोली भने यसै वर्ष हुने राष्ट्रिय महिला लिगमा छनोट हुनेछन् ।

उपमेयर कपको विजेताले पाँच लाख र दोस्रो हुने टोलीले तीन लाख पाउनेछ । फेयर प्ले टिमले नगद ५० हजार पाउनेछ ।