
काठमाण्डौं – कात्तिक २० गते शनिबार भाइटीकाको साइत बिहान ११ बजेर ०२ मिनेटमा उत्तम रहेको पाञ्चांग निर्णायक समितिले जनाएको छ।
सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् हुने समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए। उनका अनुसार राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ। सूर्यास्त नभएसम्म भाइटिका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ।


















