अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. २ तेघरीमा सञ्चालीत तेस्रो संस्करणको खुल्ला गौरीशंकर फुटबल प्रतियोगीता अन्तरगत पहिलो चरणका खेलहरु सम्पन्न भएका छन ।
शनिबार भएका ३ वटा खेलसँगै पहिलो प्रतियोगीताका पहिलो चरणका खेलहरु सम्पन्न भएका हुन ।

प्रतियोगीता अन्तरगत शनिबार भएका खेलहरुमा रोयल युवा क्लब खमौरा, ईन्द्रेणी युवा क्लब मौरिफाँटा र सगरमाथा युवा क्लब अत्तरिया विजयी भएका छन ।
शनिबारको पहिलो खेलमा फासा (FASA) अत्तरियालाई पेनाल्टी सुट आउटमा ३–१ ले पराजित गर्दै रोयल युवा क्लब खमौरा विजयी भएको छ । खेल १–१ को बराबरीमा रोकिएपछि पेनाल्टी सुट आउट मार्फत विजयी टिम घोषणा भएको थियो । खेलको म्यान अफ द म्याच रोयल युवा क्लबका ललीत ताम्राकार भए ।

यसैगरी शनिबार भएको दोस्रो खेलमा पिएफएन लालपुरलाई २–१ ले पराजित गर्दै ईन्द्रेणी युवा क्लब मौरीफाँटा विजयी भएको छ । खेलमा उत्कृष्ट प्रर्दशन गरेका ईन्द्रेणी युवा क्लबका कप्तान अमित बि.क म्यन अफ द म्याच घोषित भएका थिए ।
यस्तै प्रतियोगीता अन्तरगत शनिबारको अन्तीम खेलमा रातोपुल युवा क्लब धनगढीलाई २–० ले पराजित गर्दै सगरमाथा युवा क्लब अत्तरिया विजयी भएको छ ।
निकै रोमाञ्चक बनेको अन्तीम खेलको पहिलो हाफमा कुनै पनि टिमले गोल गर्न सकेका थिएनन । दोस्रो हाफको सुरुवातमा नै सगरमाथाका भागी चौधरीले टिमलाई अग्रता दिलाए ।
उनले ३५औ मिनेटमा गोल गरेका थिए । १–० ले अगाडी बढीरहेको सगरमाथा युवा क्लबलाई अर्का खेलाडी सन्दिप सिँहले ५७ औ मिनेटमा गोल गर्दै २–० ले विजयी बनाए । खेलमा उत्कृष्ट प्रर्दशन गरेका जगत नाथ म्यान अफ द म्याच घोषित भए । तिन ओटै खेलका म्यान अफ द म्याच ले नगद रु. ५ सय प्राप्त गरेका थिए ।
आईतबार बाट क्वाटरफाईनलका खेलहरु सुरु हुने खेल संयोजक लोकेन्द्र साउँदले जानकारी दिए । क्वाटरफाइनल अन्तरगत आईतबार २ ओटा खेल हुने उनले बताए । आईतबार सगरमाथा युवा क्लब अत्तरिया र आर्दश युवा क्लब खमौरा बिच पहिलो खेल हुनेछ भने आयोजक (बि) र माईस्टोन युवा क्लब लालपुर बिच दोस्रो खेल हुनेछ ।


















