खाेज्नुहाेस

गोदावरी – १ का अतिविपन्न २ महिलालाई अमेरीकाबाट आर्थिक सहयोग

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. १ बसन्तपुरका अति विपन्न २ जना महिलालाई आर्थिक सहयोग गरिएको छ ।

सोही वडाका स्थानिय एवम् ‘हाम्रो नेपाल हामी नेपाली, भष्ट्राचार विरुद्धको महाअभियान’ का सुदुरपश्चिम सुरक्षा विभाग प्रमुख खगेन्द्र नाथ योगीको पहलमा अमेरिकामा बस्दै आएका दिनेश लामाले आर्थिक सहयोग गरेका हुन ।

attariya hospital
navjiwan hospital

लामाले वडा नं. १ का अति विपन्न महिला खेमा देवी मल्ल र अति विपन्न एवम् एकल महिला फुलमाया थापालाई नगद रु. १०÷१० हजार आर्थिक सहयोग गरेका छन ।

लामाले विगत एक दशक देखी उक्त २ जना महिलाहरुलाई समय समयमा आर्थिक सहयोग गरिरहेको अभियान्ता खगेन्द्र नाथ योगीले बताए । उनले दशैतिहारको मुखमा लामाले गरेको सहयोगले विपन्न २ जनाको परिवारमा खुसी छाएको बताए ।

उनले आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा लिएको बताए ।