खाेज्नुहाेस

अत्तरिया चोक वरपरको सडक कालोपत्रेको माग गर्दै ज्ञापन पत्र

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशको मुटु मानिएको अत्तरिया चोक वरपरको सडक तत्काल कालोपत्रे गर्न माग गरिएको छ । अत्तरिया उद्योग वाणिज्य संघले सडक डिभिजन कार्यालय महेन्द्रनगरसँग चोक वरपरको सडक तत्काल कालोपत्रे गर्न माग गरेको हो ।

शुक्रबार अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले सडक डिभिजन कार्यालय महेन्द्रनगर कञ्चनपुरका का.मु. डिभिजन प्रमुख नरेन्द्र प्रसाद भट्टलाई ज्ञापन पत्र बुझाउदै उक्त कार्य तत्काल गर्न माग गरेका हुन । सडक निर्माण कार्य आरम्भ गरी गिट्टी तथा ग्राभिल बिछ्याईएपनि पिचँको अवस्था अलपत्र रहेको र सो सम्बन्धमा पटक–पटक रुपमा मौखिक रुपमा जानकारी गराउदा पनि पिँचको कार्य सुरु नभएको अध्यक्ष देवकोटाद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

attariya hospital

यसका साथै ज्ञापन पत्रमा वर्षातको समय सकिदै गर्दा सडक सुख्खा भई आवतजावत गर्ने यात्रुलाई समस्या हुनुका साथै वरपर बस्ने व्यापारीहरुलाई सौहार्दतबरले व्यापार गर्ने वातावरण पनि नरहेको उल्लेख गरिएको छ ।

navjiwan hospital

ज्ञापन पत्रमा चोक वरपरको सडक कालोपत्रेको कार्य यथाशिघ्र सञ्चालनमा ल्याई वायुप्रदुषणबाट सर्वसाधारणलाई जोगाउन अनुरोध गरिएको छ । उक्त कार्य यथाशिघ्र नभए सबैको माग बमोजिम अन्य आन्दोलनका कार्यक्रमहरु गर्न बाध्य हुने समेत ज्ञापन पत्र मार्फत अत्तरिया उद्योग वाणिज्य संघले जनाएको छ ।

पत्र बुझ्दै सडक डिभिजन कार्यालय कञ्चनपुरका का.मु. डिभिजन प्रमुख भट्टले सक्रिय मनसुनका कारण कालोपत्रेको कार्यमा ढिलाई भएको बताएको संघका अध्यक्ष देवकोटाले बताए । ‘मनसुन सकिने बित्तिकै ठेकेदार कम्पनिलाई निर्माणको कार्य गर्न निर्देशन दिईने का.मु. भट्ट सरले बताउनुभएको छ’ देवकोटाले भने ‘यदी ठेकेदार कम्पनिले आलटाल गरेमा त्यसलाई कारबाहीको प्रक्रिया अगाडी बढाईने र अर्काे टेन्डर खोलेर भएपनि कालोपत्रेको काम गरिने समेत उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।’

यसअघि शुक्रबार बिहान अत्तरियाका व्यापारीहरुले चोक वरपरको सडक कालोपत्रेको माग गर्दै अत्तरिया चोकमा एक घण्टा चक्काजाम गरेका थिए ।