अत्तरिया – कैलालीको अत्तरियामा आयोजित विशेष खुल्ला पेनाल्टी सुट आउट फुटबल प्रतियोगीताको उपाधी माउन्ट एभरेष्ट युवा क्लब बि ले हात पारेको छ ।

फाईनलमा माउन्ट एभरेष्ट युवा क्लब ए लाई पराजित गर्दै बि ले उपाधी जितेको हो । उपाधी जितेसँगै माउन्ट एभरेष्ट बि ले नगद रु. ४० हजार प्राप्त गरेको छ भने उपबिजेता बनेको माउन्ट एभरेष्ट ए ले रु. २० हजारमा चित्त बुझाएको छ ।

मालीका खेल मैदान अत्तरियामा सञ्चालीत प्रतियोगीतमा ३० वटा टिमको सहभागीता रहेको थियो । ‘राष्ट्रका लागी खेलकुद, स्वास्थ्यको लागी खेलकुद’ भन्ने मुल नाराका साथ फारवेष्ट अत्तरिया स्पोष्र्टस् एकेडेमीले प्रतियोगीताको आयोजना गरेको हो ।
















