अत्तरिया – सेती प्रादेशिक अस्पतालमा उपचाररत ९ जनाले कोरोना जितेका छन । पछिल्लो २४ घण्टाको अवधिमा अस्पतालमा उपचाररत ९ जनाले कोरोना जितेपछि होम आइसोलेसनमा पठाईएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा थप २ कोरोना संक्रमित उपचारका लागि अस्पताल भर्ना भएका छन । हाल अस्पतालमा ११ जना कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये १ जनाको आइसियुमा उपचार भईरहेको छ ।

यसैबिच पछिल्लो २४ घण्टामा अस्पतालको कोरोना परिक्षण ल्यावमा ९४ नमूनाको कोरोना परिक्षण गरिएको छ । परिक्षण गरिएका मध्ये १४ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।


















