खाेज्नुहाेस

सुदूरपश्चिममा साउन १३ गतेदेखि कोरोना विरुद्धको खोप

Image

धनगढी – सुदूरपश्चिम प्रदेशमा साउन १३ गतेदेखि कोरोना विरुद्धको खोप लगाइने भएको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सुदूरपश्चिमका तीन लाख ३५ हजार दुई सय नागरिकलाई खोप लगाइने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पत्र अनुसार प्रदेशका नौ वटै जिल्लामा साउन १३ गतेदेखि १७ गतेसम्म भेरोसेल र साउन १८ गतेदेखि २१ गतेसम्म जोनसोन एण्ड जोनसन खोप लगाइने भएको हो ।

attariya hospital
navjiwan hospital

५५ वर्ष माथिका नागरिक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सह–चालक, अति अत्यावश्यक सेवाका कर्मचारी र खोप अनिवार्य गरेको देशमा जाने नागरिकलाई भेरोसेल खोप लगाइने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमिक्त प्रमुख पदम बिष्टले बताए ।

निमिक्त प्रमुख पदम बिष्टका अनुसार ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, पूर्ण र अति अशक्त अपाङ्गता नागरिक, हाल नेपालमा बसोबास गर्दै आएका शरणार्थी, स्वास्थ्यकर्मी, सरसफाईकर्मीहरुलाई जोनोसेन एण्ड जोनसन खोप लगाइने छ ।

जिल्लामा खोप वितरणको काम जारी रहेको छ बिष्टले भने, ‘कञ्चनपुर र डडेल्धुराका लागि खोप गएको छ । डोटी र अछामका लागि खोप पठाउन तयारी थालिएको छ ।’

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले स्वास्थ्य सेवा विभागले सुदूरपश्चिमका लागि एक लाख ३६ हजार आठ सय डोज जोनसोन र एक लाख ९८ हजार चार सय डोज भेरोसेल पठाएको बताए ।