धनगढी – कोभिड – १९ प्रभावितहरुलाई पोषण तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । दलित महिला अधिकार मञ्च नेपालले कैलारी गाउँपालिकाका कोरोना प्रभावितहरुका लागि पोषण स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
दलित अधिकार मञ्च नेपालका राजेन्द्र रैकाले सो सामाग्री कैलारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी सत्गौंवा थारुलाई हस्तान्तरण गरे ।


डिसीएको सहयोगमा दलित महिला अधिकार मञ्च नेपालद्धारा संचालित आधार परियोजना अन्तर्गत अति विपन्न कोरोना प्रभावितहरुको पोषण तथा स्वास्थ्यमा सुधारका साथै कोरोना जोखिम रोकथाना तथा नियन्त्रणमा सहयोग पुगोस् भनेर सो सामाग्री सहयोग गरेको संस्थाका राजेन्द्र रैकाले बताए ।
गाउँपालिकाका ५० जना कोरोना प्रभावितहरुका लागि सो सामाग्री हस्तान्तरण गरिएको रैकाले बताए । उनले पोषण स्वास्थ सामाग्रीमा पल्स अक्सोमिट, थर्मामिटर, टिस्यु पेपर, सेनेटाइजर, टर्चलाइट, हर्लिक्स, काजु ५०÷५० पिस तथा ग्लोब्स ४५ पिस, सेनेरी प्याड १७ पाकेट, राजमा ५० किलो, चिकेन सुप ५० पाकेट लगायत रहको उनले बताए ।
कार्यक्रममा कैलारी गाउँपालिकाका प्रवक्ता कमल प्रसाद चौधरी, प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र जोशी, सामाजिक शाखा प्रमुख यगम कलेल र स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र सापकोट तथा दलित महिला अधिकार मञ्च नेपालका जनक भूल, भीष्म चौधरी लगायतको सहभागीता रहेको थियो ।















