खाेज्नुहाेस

कोरोना प्रभावितलाई पठाइयो आइएमइबाट नगद रकम

Image

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–१८ फुलवारीकी आशा विक कोभिड–१९ दोश्रो लहरमा संक्रमित भइन । अहिले संक्रमणमुक्त उनी गर्भवती छिन । कोरोना संक्रमित भएपछि थलिएकी उनलाई अहिले पौष्टिक आहारको जोहो गर्न समस्या छ ।

सोमबार दलित महिला अधिकार मञ्चले आइएमइबाट पठाएको चार हजार पाँच सय रुपैया उनले प्राप्त गरिन । ‘कोरोना संक्रमणमुक्त त भए तर, अहिले गर्भवति पनि छु उनले भनिन्, ‘यो अवस्थामा पौष्टिक आहारको आवश्यकता पर्छ । यो रकमले त्यही सामाग्री किन्छु ।’

attariya hospital

सोही ठाउँकी दिलकुमारी दर्जी पनि अहिले कोरोना संक्रमणमुक्त भएकी छिन् । उनी आफु त कोरोना संक्रमण मुक्त भइन् । तर, श्रीमान् भने कोरोनाबाटै ज्यान गुमाउनुप¥यो ।

संक्रमित हँदा चरम आर्थिक अभाव झेलेकी उनी अहिले पनि विरामी छिन् । उनीसंग औषधि उपचार गर्न रकम अभाव छ । फूलबारीस्थित आइएमइमा भेटिएकी ज्येष्ठ नागरिक दर्जीले मञ्चले आइएमइबाट उपलब्ध गराएको रकम देखाउँदै भनिन्, ‘यो पैसाले औषधि किन्छु र खान्छु ।’

मञ्चले सोमबार फुलवारीमा एक कार्यक्रम गरी ४४ जना महिलालाई चार हजार पाँच सयका दरले नगद उपलब्ध गराएको मञ्चकी कोषाध्यक्ष निर्मला बिकले बताइन् ।

उनीहरुलाई वडा नम्बर १८ का सदस्य गणेश बिक, अध्यक्ष सावित्रा घिमिरे, कोषाध्यक्ष बिक, सदस्य ईन्द्रा दानपाली, कार्यक्रम संयोजक रोहित बिक र राजेन्द्र रैकाको उपस्थितीमा आइएमइबाट पठाइएको रकम झिकेर उनीहरुलाई हस्तान्तरण गरियो ।

navjiwan hospital

दलित महिला अधिकार मञ्चले धनगढीका १९ वटै वडाका अति विपन्न, कोरोना प्रभावित, गर्भवती महिलालार्य नगद रकम सहयोग गर्ने अभियान अघि बढाएको छ ।

कोभिड–१९ संक्रमणबाट पीडित भएका विपन्न वर्ग भित्रका महिला, दलित महिला, अपाङता रहेका महिला, एकल महिला, जेष्ठ नागरिकरुलाई पौष्टिक खानेकुराका लागि नगद सहयोग गरिएको मञ्चकी अध्यक्ष सावित्रा घिमिरेले बताइन् ।

उपमहानगरपालिकाका १९ वटै वडाका पाँच सय घर परिवारलाई प्रति घर चार हजार पाँच सय आइएमई मार्फत पठाइएको अध्यक्ष घिमिरेले बताइन ।

उपमहानगरलाई स्वास्थ्य सामाग्री

मञ्चले अति विपन्न कोरोना प्रभावितहरुको लागि धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखालाई स्वास्थ्य तथा सरसफाई सामग्री हस्तान्तरण गरेको छ ।

संस्थाका अध्यक्ष सावित्रा घिमिरेले धनगढी उपमहानगरपालिकाकी नगर उपप्रमुख सुशीला मिश्र ‘भट्ट’ र स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहरालाई स्वास्थ्य तथा सरसफाई सामग्री हस्तान्तरण गरेकी हुन ।

संस्थाले हस्तान्तरण गरेको स्वास्थ्य तथा सरसफाई सामग्रीमा हाइजिनिक किट १०० बक्स, फेस शिल्ड १०० पीस, थर्मामिटर १०० पीस, डिटोल नुहाउने साबुन १०० पीस, डिटोल एन्टीसेप्टीक २५० एमएल १०० पीस, हायण्ड सेनिटाइजर ५०० एमएल १०० पीस, वासिङ सोप १०० पाकेट, फेस मास्क १०० पाकेट, ग्लोव १०० पाकेट, थर्मस १०० पीस, सेनिटाइजर ५ लिटर १०० पीस, टिसु पेपर १०० पाकेट रहेको छ ।

संस्थाकी अध्यक्ष घिमिरेले डफ परियोजना अन्तर्गत कोभिड–१९ को दोस्रो चरण प्रतिकार्य २०२१ मा अति विपन्न तीन सय कोरोना प्रभावितहरुका लागि धनगढी उपमहानगरपालिका मार्फत स्वास्थ्य तथा सरसफाई सामग्री हस्तान्तरण गरिएको बताइन ।