खाेज्नुहाेस

भारतमा ४४ हजार १११ कोरोना संक्रमित थपिए, ९७ प्रतिशत संक्रमणमुक्त

Image

एजेन्सी – भारतमा कोरोनाभाइरसबाट थप ४४ हजार १११ जना संक्रमित भएका छन् । सरकारी अधिकारीले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण ७३८ जनाको मृत्यु भएको छ ।

सोही अवधिमा ५७ हजार ४७७ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा पछिल्ला केही हप्तादेखि दैनिक नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाहरूको संख्या बढ्दै गएको छ ।

attariya hospital
navjiwan hospital

भारतमा अहिले सक्रिय संक्रमितको संख्या ९७ दिनपछिको सवैभन्दा थोरै पाँच लाखभन्दा कम भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले चार लाख ९५ हजार ५३३ जना कोरोनाभाइरसबाट संक्रमित अवस्थामा रहेका छन् । भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या तीन करोड पाँच लाख दुई हजार ३६२ पुगेको छ ।

कुल संक्रमित मध्ये दुई करोड ९६ लाख पाँच हजार ७७९ जना कोरोनाभाइरसबाट मुक्त भएका छन् भने चार लाख एक हजार ५० जना कोरोनाभाइरसबाट पराजित भएर जीवन गुमाएका छन् ।

यसरी हेर्दा भारतमा संक्रमणमुक्त भएकाहरूको संख्या ९७.०६ प्रतिशत रहेको छ ।