खाेज्नुहाेस

बैतडीमा शहीद दशरथ चन्दको ११९ औं जन्मजयन्ती मनाइयो

Image

बैतडी – बैतडीमा शहीद दशरथ चन्दको ११९ औं जन्मजयन्ती मनाइएको छ । बिहीबार शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको आयोजनामा शहीद चन्दको ११९ औं जन्मजयन्ती मनाइएको हो ।

navjiwan hospital

जन्मजयन्तीका अवसरमा शहीद दशरथचन्दको सालिकमा माल्यार्पण गरिएको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताएका छन ।

attariya hospital

सो अवसरमा शहीद दशरथचन्दको जन्मघर बस्कोट र गढीमा रहेको शहीद चन्दको सालिकमा माल्यार्पण गरिएको थियो ।
माल्यार्पण कार्यक्रममा दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्द, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे लगायतको सहभागिता रहेको थियो ।

तत्कालीन जहानिया राणा शासनको अन्त्यका लागि आफ्नो जीवन बलिदान गर्ने मध्येका चार जना शहीद मध्ये दशरथ चन्द पनि एक हुन् । उनको तत्कालीन राणा सरकारले विस १९९७ माघ १५ गते शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएको थियो ।