खाेज्नुहाेस

कञ्चनपुरमा ३ ग्राम ५६० मिलिग्राम खैरो हिरोइनसहित एक जना पक्राउ

Image
file photo

कञ्चनपुर – कञ्चनपुरमा अवैध लागूऔषध खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन् ।

भीमदत्त नगरपालिका–११ ब्यारेनजिकबाट ३ ग्राम ५६० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थसहित शुक्लाफाँटा नगरपालिका–११ का २८ वर्षीय जयराम तिरुवा पक्राउ परेका हुन् ।

attariya hospital

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो भारतबाट नेपालतर्फ आउँदै गरेका तिरुवालाई शंका लागेर चेकजाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेको हो ।

प्रहरीले उनलाई लागूऔषधसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।