डोटी – डोटीमा ७ किलो ८५ ग्राम लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् ।
जिल्लाको जोरायल गाउँपालिका–२ मिल चौराहबाट चरेसजस्तो देखिने कालो पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बझाङको दुर्गाथली गाउँपालिका–५ जाफ्रीका २८ वर्षीय वीरेन्द्र जप्रेल र ४८ वर्षीय ओम जंगबहादुर कडायत रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुर र इलाका प्रहरी कार्यालय बुडर, डोटीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बा ७७ प ८७०२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागेर जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेको हो ।
प्रहरीले चरेस र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















