खाेज्नुहाेस

महाकाली नदीमा बेपत्ता युवतीको शव भेटियो

Image

धनगढी — कञ्चनपुरस्थित महाकाली नदीमा बेपत्ता भएकी २१ वर्षीया युवतीको शव बिहीबार फेला परेको छ । बैतडीको पाटन नगरपालिका–२ सिलङ्गा घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानमा डेरागरी बस्दै आएकी कमला पाण्डेको शव नदीमा भेटिएको हो ।

सुदूरपश्चिम विश्वविद्यालयमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत पाण्डे बुधबारदेखि परिवार तथा आफन्तको सम्पर्कमा आएकी थिइनन् । बुधबार दिउँसो करिब ४ बजेर २० मिनेटमा दोधारा चाँदनी नगरपालिका–१ स्थित महाकाली नदीमाथिको चार लेन पुल क्षेत्रमा उनको झोला र मोबाइल फेला परेपछि खोजी कार्य सुरु गरिएको थियो ।

attariya hospital

सुरक्षाकर्मीले खोजी गर्ने क्रममा पुल क्षेत्रबाट करिब एक किलोमिटर तल नदीमा उनको शव फेला पारेका हुन् । खोजी कार्यमा सशस्त्र प्रहरी बल देवीस्थानस्थित सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमान्डमा गोताखोरसहितको टोली परिचालन गरिएको थियो ।

यस्तै, बीओपी भूमिराजटोलबाट सशस्त्र प्रहरी निरीक्षक नरेन्द्रबहादुर विष्टको नेतृत्वमा अर्को टोली पनि खोजीमा खटिएको थियो । शव फेला परेपछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।