खाेज्नुहाेस

मालाखेती बहुउद्देश्यिय सहकारीको साधारण सभा सम्पन्न, ३ करोड हाराहारी कारोबार

Image

अत्तरिया– कैलालिको गोदावरी नगरपालिका– ३ मा रहेको मालाखेती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड को बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक औपचारिक कार्यक्रम का बीच संस्था को दशौँ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष देवराज भट्टको सभापत्विमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका– ३ का वडाध्यक्ष तेजराज अवस्थी रहेका थिए । साधारण सभामा संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष भट्टले, आर्थिक प्रतिवेदन लेखा समिति संयोजक बालकृष्ण जोशीले र संस्थाका एजेन्डा सचिव डिल्लीराज जोशिले प्रस्तुत गरेका थिए । संस्थाको वार्षिक कार्ययोजना भने ब्यवस्थापक लाल बहादुर खड्काले प्रस्तुत गरेका थिए ।

attariya hospital

२०७३ साल कार्तिक १२ गते २८ जना ब्यक्तिको १ लाख ३५ हजार शेयरपुँजिबाट सुरु भएको संस्थामा हाल ४० लाख ८ हजार ९०० शेयरपुँजी रहेको छ । कार्यसमितिले संस्थाको शेयरपुँजी १ करोड पु¥याउने लक्ष्य राखेको छ । संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा २ करोड ९९ लाख १५ हजार ६४६ रुपैयाको कारोबार गरेको छ । जसबाट सो आर्थिक वर्षमा संस्थाले ३ लाख ३९ हजार ५४१ रुपैया नाफा आर्जन गर्न सफल भएको छ ।

navjiwan hospital

साधारण सभामा संस्थाले विभिन्न विधामा रहेर पुरस्कार पनि वितरण गरेको थियो । जसमा उत्कृष्ट बचतकर्तामा सरुदेवी थापा, प्रेम बहादुर खड्का र सौरभ कुमार रावल पुरस्कृत भए । त्यस्तै उत्कृष्ट कर्जावालमा धना देवी उप्रेती, उत्कृष्ट कृषकमा थीर बहादुर कडायत, उत्कृष्ट समुहमा विहानी कृषि समुह र डेउना बेवारी कृषि समुह पुरस्कृत भएको संस्थाका व्यवस्थापक लाल बहादुर खड्काले जानकारी दिए ।

नयाँ कार्यसमिति चयन

साधारण सभाबाट संस्थाको नयाँ कार्यसमिति चयन भएको छ । सभाको बन्दसत्रले प्रेमराज भण्डारीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा बालकृष्ण जोशी, सचिवमा शिवराज जोशी र कोषाध्यक्षमा हरिशंकर जोशी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा उजली कैनी, तारा नौन्याल, जयन्ती थारु, निर्मला अवस्थी र नर बहादुर बोहरा चयन भएको संस्थाका व्यवस्थापक खड्काले बताए ।

यस्तै साधारण सभाबाट रामचन्द्र जोशीको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति चयन गरिएको छ । जसको सदस्यहरुमा प्रकाश शर्मा र कमला भण्डारी (भाट) रहेका छन् । नयाँ निर्वाचित पदाधिकारीहरुको शनिबार नै सपथ ग्रहण गराईएको थियो ।