खाेज्नुहाेस

बाजुरामा सामुदायिक वन भित्र लुकाइराखेको भरुवा बन्दुक बरामद

Image
file photo

बाजुरा – बाजुराको गौमुल गाउँपालिका–४ थालास्थित सामुदायिक वनबाट प्रहरीले भरुवा बन्दुकसहित बारुद र गोली बरामद गरेको छ।

navjiwan hospital

अरानी बारसैन सामुदायिक वनमा रहेको ढुङ्गाको ओढारभित्र लुकाइछिपाइ राखेको अवस्थामा सोमबार दिउँसो प्रहरीले उक्त बन्दुक बरामद गरेको हो।

attariya hospital

इलाका प्रहरी कार्यालय गौमुलबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक, अन्दाजी ५० ग्राम बारुद र फलामका चार वटा गोली फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

बरामद हतियार कसले र कुन प्रयोजनका लागि लुकाएको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।