धनगढी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ तथा शिक्षा उद्यमी शान्ति अधिकारीले पार्टी परित्याग गरेकी छन् । धनगढी उपमहानगरपालिकाको उपप्रमुख पदमा २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकी अधिकारीले पार्टी छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएकी हुन् ।

रास्वपा सुदूरपश्चिमका महामन्त्री सन्तोष जोशीले अधिकारीलाई पार्टीमा स्वागत गरेको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । अधिकारी धनगढीस्थित एरिस्टो बोर्डिङ स्कुलकी सञ्चालकसमेत हुन् ।

यसैगरी साहित्यिक तथा शैक्षिक क्षेत्रमा परिचित उपप्राध्यापक एवं साहित्यकार डा. तुलसी शर्मा जोशी पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएकी छन् ।



















