खाेज्नुहाेस

बझाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ

Image
file photo

बझाङ  – बझाङको मष्टा गाउँपालिका–२ धनातोलीबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।

navjiwan hospital

पक्राउ पर्नेमा सोही ठाउँका ४० वर्षीय राजेन्द्र रोकाया रहेका छन्।

attariya hospital

इलाका प्रहरी कार्यालय मष्टाबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान रोकायाको घर तलासी गर्ने क्रममा एक थान भरुवा बन्दुक फेला पारेपछि उनलाई पक्राउ गरेको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।