खाेज्नुहाेस

पोखरा ३० रनले पराजित, चितवन तेस्रो स्थानमा उक्लियो

Image

काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गरेको छ ।

navjiwan hospital

यो जितसँगै चितवन तेस्रो स्थानमा उक्लिएको छ । पाँच अंक बनाएको चितवनले चार खेल खेल्दा दुई जित र एक हार व्यहोरेको छ । टोलीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।

attariya hospital

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा चितवनले प्रस्तुत गरेको १५२ रनको लक्ष्य पछ्याएको पोखराले १९ ओभरमा सबै विकेट गुमाएर १२१ रन मात्र बनाउनसक्यो ।