अत्तरिया – कैलालीको टीकापुरस्थित ओम कृष्ण अस्पतालमा आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

टीकापुर नगरपालिका–१ स्थित अस्पतालको अप्रेसन थिएटर कक्षमा बिहीबार बेलुका विद्युत्को तार सर्ट भएर आगलागी भएको हो।

आगलागीबाट अन्दाजी १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
प्रहरी टोलीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।




















