खाेज्नुहाेस

अत्तरियामा प्रदेश स्तरीय बी लेभल ब्याडमिन्टन प्रतियोगिता सुरु

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा प्रथम संस्करणको सुदूरपश्चिम स्तरीय ‘गोदावरी मेयर कप’ बी लेभल ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ।

गोदावरी खेलकुद विकास मञ्चको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको उद्घाटन गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकायाले गरेकी हुन्।

attariya hospital
navjiwan hospital

प्रतियोगितामा सुदूरपश्चिम प्रदेशस्तरीय बी लेभल तथा गोदावरी नगरस्तरीय सी लेभल ब्याडमिन्टन प्रतियोगिता सञ्चालन भइरहेको छ।

बी लेबल प्रतियोगितामा विभिन्न जिल्ला ३६ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ।

बी लेभल प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, दोस्रो हुने टोलीले नगद ३१ हजार १११ रुपैयाँ र तेस्रो हुने टोलीले नगद १० हजार १११ रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् ।

प्रतियोगिता अन्तरगात गोदावरी नगर स्तरीय सी लेभलका खेल भने सम्पन्न भैइसकेका छ्न ।