अत्तरिया – बझाङको बुंगल नगरपालिकाबाट एक नाले भरुवा बन्दुक बरामद गरिएको छ।

बुंगल नगरपालिका–६ स्थित हापे खोलाको एक ओडारमा लुकाइछिपाई राखिएको अवस्थामा बिहीबार बेलुका प्रहरीले उक्त बन्दुक फेला पारेको हो।

इलाका प्रहरी कार्यालय बुंगल, बझाङबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेको एक थान एक नाले भरुवा बन्दुक बरामद गरेको जनाएको छ।
बरामद बन्दुकका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



















