खाेज्नुहाेस

चुरेमा सार्वजनिक सुनुवाइ, ६ बुँदे प्रतिविद्धता जारी

Image

अत्तरिया – कैलालीको चुरे गाउँपालिकामा ‘लैङ्गिक मैत्री नीति तथा बजेट निर्माण तथा गुणस्तरीय सेवाः सेवाग्राहीको अनुभव’ विषयक सार्वजनिक सुनुवाइ तथा सामुदायिक संवाद कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

‘लैङ्गिक समानताका लागि निर्णय लिने तथा जबाफदेहिता र पारदर्शिताको माग गर्न महिला तथा पछाडि पारिएका समूहहरूको क्षमता सुदृढीकरण परियोजना’ अन्तर्गत नगरपालिका सँगको समन्वयमा बुधवार युरोपीय युनियन र संयुक्त राष्ट्रसंघको आर्थिक सहयोगमा निड्स नेपाल र प्रो पब्लिक लगायतका साझेदार संस्थाको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो ।

attariya hospital

कार्यक्रममा चुरे गाउँपालिकाले सेवा प्रवाहलाई अझ बढी पारदर्शी, उत्तरदायी, लैङ्गिक मैत्री र जनमुखी बनाउन विभिन्न ६ बुँदे महत्त्वपूर्ण सार्वजनिक प्रतिबद्धताहरू घोषणा गर्दै हस्ताक्षर गरेको छ । प्रतिबद्धता पत्रमा चुरे गाउँपालिकालाई लैङ्गिक मैत्री नीति निर्माण तथा गुणस्तरीय सेवा अपाङ्गमैत्री, विभेदरहित र प्रभावकारी रूपमा सञ्चालन गर्ने उल्लेख गरिएको छ । त्यसै गरी, विशेष गरेर महिला, अल्पसङ्ख्यक, दलित र अपाङ्गता भएका व्यक्तिको सहज पहुँचका लागि अद्यावधिक नागरिक बडापत्र र नागरिक डेस्क स्थापना गरी सञ्चालन गर्ने प्रतिज्ञा गरिएको छ ।

navjiwan hospital

लैङ्गिक हिंसा, विभेद र यौन दुव्र्यवहारबाट पीडित पक्षको उद्धार, राहत, सुरक्षा, पुनस्र्थापना तथा परामर्श सेवाका लागि नीति निर्माण र बजेट विनियोजन गर्ने, साथै जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ । यसका साथै, योजना तर्जुमा र बजेट विनियोजन गर्दा प्राथमिकताका आधारमा लक्षित वर्ग (महिला, दलित, आदिवासी, जनजाति, अपाङ्गता भएका व्यक्तिहरू) को क्षमता अभिवृद्धि, आयआर्जन, रोजगारी र जनचेतना अभिवृद्धिका योजनाहरू छनोट गरी कम्तीमा पुँजीगत बजेटको ३ प्रतिशत बजेट अनिवार्य रूपमा विनियोजन गर्ने निर्णय गरिएको छ ।

पालिका स्तरीय नीति निर्माण गर्दा महिला, पछाडि पारिएको वर्ग, दलित, अल्पसङ्ख्यक र अपाङ्गता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने तथा स्थानीय विकास निर्माण र सार्वजनिक सेवामा पारदर्शिता र जबाफदेहीताका लागि सामाजिक सुनुवाइ, सामाजिक परीक्षण, नागरिक प्रतिवेदन पत्र सर्भे र सूचनाको हक सम्बन्धी कार्यविधिको पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । उक्त सार्वजनिक प्रतिबद्धता पत्रमा चुरे गाउँपालिकाका उपाध्यक्ष धना देवी थापा, प्रमुख प्रशासकीय अधिकृत कुमारी गोमती बोगटी, शाखा अधिकृत विविराज सोती र लेखा अधिकृत दिपराज पाण्डे लगायतका सरोकारवाला पदाधिकारीहरूले हस्ताक्षर गरेका छन् ।

परियोजना संयोजक सरिता थापाले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरूले सेवाग्राहीहरूले गाउँपालिकाबाट पाएको सेवाको अनुभव र गुनासा सुनाएका थिए भए जनप्रतिनिधि र कर्मचारीले जवाफ दिएका थिए ।