खाेज्नुहाेस

सुदूरपश्चिम रोयल्समा थपिए फेबियन एलेन

Image

अत्तरिया – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेनलाई टोलीमा अनुबन्ध गरेको छ।

रोयल्सले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत एलेनलाई टोलीमा स्वागत गर्दै उनको अनुबन्धबारे जानकारी दिएको हो। टोलीले ‘रोयल्स परिवार, तपाईंहरूको अर्को सरप्राइज यहाँ छ। क्यारेबियन अलराउन्डर फाबियन एलेन पहेँलो जर्सीमा आफ्नो ऊर्जा देखाउन तयार छन्’ भन्दै उनलाई स्वागत गरेको छ।

attariya hospital
navjiwan hospital

ब्याटिङ र बलिङ दुवैमा योगदान दिन सक्ने एलेनको आगमनले सुदूरपश्चिमको टोलीलाई थप विकल्प उपलब्ध हुने अपेक्षा गरिएको छ। उनी विशेषगरी सीमित ओभरको क्रिकेटमा आक्रामक ब्याटिङ र स्पिन बलिङका लागि परिचित छन्।

सुदूरपश्चिमले यसअघि वेस्ट इन्डिजकै आक्रामक ब्याटर शेरफेन रदरफोर्डलाई पनि टोलीमा अनुबन्ध गरेको थियो। लगातार विदेशी खेलाडी थपिरहेको रोयल्सले तेस्रो संस्करणमा उपाधि जित्ने लक्ष्यसहित टोलीलाई बलियो बनाउँदै लगेको छ।

एनपीएलको तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ।