कञ्चनपुर – महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक (असइ) सागरराज थारूको शव फेला परेको छ । बुधबार बिहान महाकाली नदीमा उनको शव फेला परेको हो । सशस्त्र प्रहरीको गोताखोर टोलीले जालीमा अड्किएको अवस्थामा शव भेटिएकाे जनाएको छ ।

असोज २४ गते दोधाराचाँदनीको झोलुंगे पुल सँगै चुँडिएको नेपाल टेलिकमको तार तार पुनर्निर्माण गर्ने क्रममा नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असइ बेपत्ता भएका थिए । उनको शव पाँच दिनपछि फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

कञ्चनपुरका सशस्त्र प्रहरी प्रमुख एसपी प्रेमप्रकाश सिग्देलले असइ सागरको शव नदीबाट निकालेर आवश्यक प्रक्रिया अघि बढाइने बताए ।

















