खाेज्नुहाेस

महाकाली सिँचाइ जल उपभोक्ता संघको अध्यक्षमा भट्ट निर्वाचित

Image

बेलौरी – महाकाली सिँचाइ जल उपभोक्ता संघ केन्द्रीय समितिको अध्यक्षमा गंगा भट्ट निर्वाचित भएका छन् । शनिवार सम्पन्न उपभोक्ता संघ केन्द्रीय समितिको भएको मतदानमा अध्यक्षका अर्का उम्मेदवार भीम बहादुर थापालाई २ मतले पराजित गर्दै भट्ट निर्वाचित भएका हुन ।

navjiwan hospital

मतदानमा खसेको १३४ मतमा भट्टले ६८ मत ल्याउँदा थापाले ६६ मत प्राप्त गरेका थिए । थापा यसअघिका केन्द्रीय अध्यक्ष समेत हुन । यस्तै उपाध्यक्षतर्फ यज्ञराज भट्ट निर्वाचित भएका छन् ।

attariya hospital

अन्य पदाधिकारी र सदस्य पदमा निर्विरोध निर्वाचित भएका थिए । शुक्रवार महासचिवमा अशोक सिंह साउद, सचिवमा गोपाल सिंह कुँवर, कोषाध्यक्षमा दिलीप बुढाऐर सहितका सदस्य निर्विरोध निर्वाचित भएका थिए ।