खाेज्नुहाेस

बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

Image
navjiwan hospital

धनगढी – बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बिहीबार बिहान चैनपुर–दौलिचौर भित्री सडक खण्डमा कर्णाली प्रदेश ००१ च १०९५ नम्बरको जिप दुर्घटना हुँदा जिप चालक सुर्मा गाउँपालिका–४ का कुन्दन बोहराको मृत्यु भएको हो ।

दुर्घटनामा दुई जना घाइते भएका छन्। घाइते हुनेमा बझाङको जयपृथ्वी नगरपालिका– ८ की २५ वर्षीय विपना बोहरा र भारतको कलकता घर भएका ४५ वर्षीय सुवासिस दास रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

attariya hospital