डडेल्धुरा – नेपाली कांग्रेसका पूर्वसभापत शेरबहादुर देउवाको गृह वडा डडेल्धुराको गन्यापधुरा– १ मा पूर्णबादुर देउवा वडा सभापति बनेका छन् ।

असोज ३ गतेबाट जारी कांग्रेसको वडा अधिवेशनले वडा तहमा नयाँ नेतृत्व चुनिरहेको छ । पार्टीको संस्थापन समूहले गरेको महाधिवेशनमा देउवा पक्षको सहभागिता छैन ।

सो समूहले पूर्वमहामन्त्री डा शशांक कोइरालाको नेतृत्वमा महाधिवेशन अयोजक समिति बनाएर अधिवेशनको तयारी गरिरहेको छ । देउवा समूहले १५ असोजबाट वडा अधिवशेन गर्दै छ ।


















