खाेज्नुहाेस

जिउँदो कुकुरलाई नदीमा फालेको भिडियो भाइरल 

Image

बझाङ – बझाङको सदरमुकाम नजिकै पानकोट पुलबाट जिउँदो कुकुरलाई सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनामा संलग्न महिलाको खोजी थालेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक महिलाले पुलबाट जिउँदो कुकुरलाई सेती नदीमा फालेको देखिन्छ । भिडियो सार्वजनिक भएपछि घटनाको चौतर्फी आलोचना भइरहेको छ । स्थानीय बासिन्दा तथा पशु अधिकारकर्मीले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न माग गरेका छन ।

navjiwan hospital

भिडियो भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय बझाङले घटनाबारे अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी टेक जोराले भिडियो बाहिरिएलगत्तै प्रहरी टोलीलाई घटनास्थलमा पठाइएको बताए । प्रहरी टोलीले पानकोट पुल आसपासमा निरीक्षण गरे पनि कुकुर फेला पार्न नसकेको डिएसपी जोराले बताए । उनका अनुसार कुकुर नदीमा खसेपछि जिउँदो रहे नरहेकोसमेत यकिन हुन सकेको छैन ।

attariya hospital

पशुपन्छीसम्बन्धी प्रचलित कानुनले पशुपन्छीप्रति निर्दयी व्यवहार गर्न तथा यातना दिन निषेध गरेको छ । प्रहरीले भिडियोमा देखिएकी महिलाको पहिचान तथा घटनाको वास्तविकताबारे अनुसन्धान गरिरहेको जनाएको छ ।