काठमाडौं – नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएपछि नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली टोलीलाई बधाई दिएका छन्।
खड्काले सामाजिक सञ्जालमार्फत नेपाल च्याम्पियन बनेकोमा खुसी व्यक्त गर्दै यो जित सम्पूर्ण टोलीको प्रयासको परिणाम भएको बताएका छन्।

उनले लेखेका छन्, “च्याम्पियन्स । फेरि एकपटक एसिया कपमा । यो पूर्ण रूपमा टोलीको प्रयास हो।”

खड्काले उपाधि देशमा आएको बाढी तथा पछिल्लो विपद्का कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति समर्पित गरेको पनि बताएका छन्। उनले विपद्बाट प्रभावित सबैप्रति समेत सम्मान व्यक्त गरेका छन्।
उनले आफ्नो सन्देशमा “नेपाल, नेपाल, नेपाल । एक टिम, एक सपना !!!!” भन्दै नेपाली क्रिकेट टोली र समर्थकप्रति उत्साह व्यक्त गरेका छन्।
नेपालले एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई पराजित गर्दै उपाधि जितेको र एसिया कपमा स्थान सुरक्षित गरेको हो।
सम्बन्धीत समाचार : युएईलाई हराउँदै एसीसी प्रिमियर कपको उपाधी नेपालले जित्यो

















