खाेज्नुहाेस

नयाँ दिल्लीमा ब्रिक्स सम्मेलन

Image

काठमाडौं – १८औँ ब्रिक्स शिखर सम्मेलन शनिबारदेखि नयाँ दिल्लीमा सुरु भएको छ। यसपटकको सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ १० वर्षपछि भारतमा एउटै मञ्चमा सँगै देखिँदै छन्।

यसअघि यी तीन नेता सन् २०१६ मा गोवामा भएको ब्रिक्स सम्मेलनमा एकसाथ सहभागी भएका थिए। सम्मेलनमा ११ सदस्य राष्ट्रका अतिरिक्त १० साझेदार देशका नेताहरू पनि सहभागी हुनेछन्।

attariya hospital
navjiwan hospital

भारतको राजधानी नयाँ दिल्लीस्थित ‘भारत मण्डपम’मा हुने  सम्मेलन (१२–१३ सेप्टेम्बर २०२६) आयोजना भइरहेको छ।

ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इरान, संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब र इन्डोनेसिया गरी ११ प्रमुख उदीयमान अर्थतन्त्रहरूको सहभागिता रहेको छ ।

यसमा  विश्वको कुल जनसङ्ख्याको ४५ प्रतिशत हिस्सा र विश्वव्यापी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को लगभग ३५ प्रतिशत क्षेत्र ओगट्ने यस विशाल मञ्चलाई २१औँ शताब्दीको नयाँ बहुध्रुवीय विश्व व्यवस्थाको प्रारम्भिक विन्दुका रूपमा लिने गरिएकाे छ ।