अत्तरिया – प्रा. डा. चिरञ्जीवी पन्त सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटाको शिक्षण अस्पतालको निमित्त अस्पताल निर्देशकमा नियुक्त भएका छन्।

विश्वविद्यालयले पन्तलाई शिक्षण अस्पतालको निमित्त अस्पताल निर्देशकको जिम्मेवारी दिएको हो।

विश्वविद्यालयका उपकुलपति प्रा डा सुनिल कुमार जोशीले
पन्तलाई नियुक्त गरेको जानकारी दिदै शिक्षण अस्पतालको सेवा व्यवस्थापन तथा सञ्चालनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको बताएका छन ।
विश्वविद्यालयको शिक्षण अस्पतालको जिम्मेवारी यसअघि विश्वविद्यालयका रजिस्ट्रारले नै हेर्दै आएका थिए ।

















