खाेज्नुहाेस

बैतडीमा भीरबाट लडेर एक किशोरको मृत्यु, युवक गम्भीर घाइते

Image
file photo

बैतडी – बैतडीको सिगास गाउँपालिकामा भीरबाट लडेर एक किशोरको मृत्यु भएको छ भने एक युवक गम्भीर घाइते भएका छन् ।

navjiwan hospital

सिगास गाउँपालिका–९, चौखाम चौपाता घर भएका अन्दाजी १७ वर्षीय अनिल विकको सेकुनाडी भीरबाट लडेर मृत्यु भएको हो । बझाङको देउलेकबाट सामान लिएर घर फर्किने क्रममा बुधबार साँझ करिब ७ बजे भीरबाट लडेर करिब डेढ सय मिटर तल खसेका विकको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष कृष्ण धामीले बताए ।

attariya hospital

उदयदेव माध्यमिक विद्यालय, गन्सुरमा कक्षा १० मा अध्ययनरत विकको कलिलै उमेरमा मृत्यु भएपछि चौखाम गाउँ शोकमा डुबेको छ ।

यस्तै, सिगास गाउँपालिका–७, थला निवासी अन्दाजी ३७ वर्षीय उद्धवसिंह धामी भीरबाट लडेर गम्भीर घाइते भएका छन । बझाङको देउराबाट सामग्री लिएर घर फर्किने क्रममा बोरीगाउँ नजिकै बाटोमाथिको भीरमा भारी ठोक्किएपछि लडेर सेती नदीको किनारमा पुगेका धामीको धनगढीमा उपचार भइरहेको स्थानीय सूर्यबहादुर बोहराले बताए ।