खाेज्नुहाेस

भोटेकोशी बाढीपीडितका लागि कञ्चनपुरबाट ४० लाखको राहत सामग्री पठाइयो

Image

कञ्चनपुर – भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारका लागि कञ्चनपुरका युवाहरूले करिब ४० लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरी पठाएका छन् ।

navjiwan hospital

महेन्द्रनगर र दोधारा चाँदनीका युवाहरूले संयुक्त रूपमा खाद्यान्न, लत्ताकपडा, त्रिपाल, सेनेटरी सामग्री, मेडिकल किटलगायत आवश्यक सामग्री संकलन गरी काठमाडौं पठाएका हुन् । स्वस्फूर्त रूपमा सञ्चालन गरिएको राहत संकलन अभियानमार्फत संकलित सामग्री काठमाडौंस्थित विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा बुझाइएको छ । त्यहाँबाट आवश्यकताका आधारमा रसुवालगायत बाढी प्रभावित क्षेत्रमा पठाइने जनाइएको छ ।

attariya hospital

राहत सामग्री काठमाडौंसम्म पु¥याउन गएका युवा ईश्वर भट्टका अनुसार संकलित सबै सामग्री विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा बुझाइएको हो । ‘संकलित सामग्री केन्द्रमा बुझाएका छौं । अब प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा पठाइनेछ,’ उनले भने ।

बाढीबाट प्रभावित परिवारलाई तत्काल खाद्यान्न, लत्ताकपडा, त्रिपाल, सरसफाइ तथा महिलाका लागि आवश्यक सामग्रीको आवश्यकता रहेकाले सोहीअनुसार राहत संकलन गरिएको दोधारा चाँदनीकी युवा अगुवा दुर्गा बडुवालले बताइन् । उत्थानशील युवा सञ्जाल, पावर अफ युथ, प्ले क्लिन नेपाल, यस टु ब्रदर हुड लगायतका स्वतन्त्र युवा सञ्जालको अगुवाइमा राहत संकलन गरिएको हो ।