खाेज्नुहाेस

अत्तरियामा गौराको रौनक, भदौ २६ गते समापन गरिने

Image
अत्तरिया – कैलालीको अत्तरियामा रहेको शिव मन्दिरमा जारी गौरा मेलामा देउडाको रौनक छाएको छ । मन्दिर परिसरमा फरक फरक समूहमा देउडा खेल खेलिने गरेको छ । देउडामा युवा देखि ज्येष्ठ नागरिक सम्म सहभागी भएर रमाउने गरेका छन् ।
navjiwan hospital
attariya hospital
भदौ १९ गते देखि सुरु भएको गौरा मेला यस वर्ष भदौ २६ गते सम्म जारी रहने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र खड्काले बताए । उनले यस वर्षको गौरा मेला निकै व्यवस्थित र भव्य तरिकाले सञ्चालन भइरहेको बताए ।