
अत्तरिया– कैलालीको धनगढीबाट प्रहरीले अन्दाजी साढे ९० हजार बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । बुधबार धनगढी उपमहानगरपालिका– ९ बंग्राकटानबाट प्रहरीले अन्दाजी ९० हजार ५५० रुपैया बराबरका भन्सार छलीका सामान बरामद गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले उक्त मुल्य बराबरका कटन कपडा, लेहेङ्गा, पेटिकोट कपडा, साडीको बुट्टा, जरी, माला, सिसाको सिक्का लगायतका सामानहरु बरामद गरिएको हो ।
















