बेलौरी– बेलौरीको नि–बिराद सहिद स्मृति खानेपानी तथा सरसफाइ उपभोक्ता समितीको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । बुधबार तेस्रो पटक बसेको समितिको साधारण सभाले नयाँ कार्यसमितिलाई निर्विरोध निर्वाचित गरेको हो ।

समितिको नयाँ कार्यसमितिको भक्त बहादुर चन्द, उपाध्यक्षमा शेर बहादुर शाही, सचिवमा मनवीर चौधरी र कोषाध्यक्षमा मोहनी चौधरी निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै सदस्यमा लक्ष्मी चौधरी, सुरज बहादुर शाही, गणेश जोशी, शंकर चौधरी र सन्तराम चौधरी निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक पुष्पराज जोशीले बताए ।

जोशीका अनुसार समितिको सबै पदहरुमा ९ जनाको मात्रै उम्मेदवारी परेको थियो । अन्य उम्मेदवारी नपर्दा सबैलाई निर्वाचन समितीले निर्वाचित भएको घोषणा गरेको हो । यसअघि नयाँ कार्यसमिति चयनका लागि दुई पटक साधारणसभा बसेको थियो । भदौ १६ र २२ गते साधारणसभा बोलाउदा गणपुरक संख्या नपुगेपछी बुधबार तेस्रो पटक साधारणसभा बोलाइएको हो ।

















