अत्तरिया – कैलालीको भासु भीरमा गुड्दै गरेको इभी गाडी माथि ढुङ्गा खसेको छ । आइतबार साँझ धनगढीबाट जोगबुढा जाँदै गरेको सुप प्र ०१००१ ज १०८० नम्बरको हाइसमाथी चुरे गाउँपालिका – ५ भासु भीरमा ढुङ्गा खसेको हो ।

हाइसमाथी ढुङ्गा खस्दा चालक सहित २ जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । घाइते हुनेमा चालक गौरीगंगा नगरपालिका – ३ का ३५ वर्षीय नारायण नाथ र डडेल्धुराको जुगबुडाका २४ वर्षीय दिनेशनाथ रहेका छ ।

दुवै जनाको अवस्था सामान्य रहेको र उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ । भासु भिरमा शनिवार दिउँसो पनि वर्षा सँगै पहिरो खसेको थियो । पहिरोका कारण २ घण्टा अवरुद्ध भएको सडक पुनः सुचारु भएको थियो ।















