दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देवलमा करेन्ट लागेर ३ वर्षीया बालिकाको मृत्यु भएको छ।

प्रहरीका अनुसार स्थानीय पुष्पराज जोशीकी ३ वर्षीया छोरी प्रिन्सा जोशीले घरको कोठामा रहेको विद्युत् प्लकको प्वालमा औँला हाल्दा करेन्ट लागेको थियो।

करेन्ट लागेर घाइते भएकी उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल दार्चुला लगिएको थियो।
अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



















