खाेज्नुहाेस

बाढीपीडितलाई बुढीगङ्गाले २२ लाख सहयोग गर्ने

Image

बाजुरा – बाजुराको बुढीगङ्गा नगरपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि २२ लाख ९२ हजार ३३२ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । नगर कार्यपालिका बैठकबाट बाढीपीडितका लागि उक्त रकम सहयोग प्रदान गर्ने निर्णय गरिएको हो ।

navjiwan hospital

नगर प्रमुख रामबहादुर बानियाँका अनुसार विपद् व्यवस्थापन कोष, नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरुको पारिश्रमिकबाट कट्टा गरी भोटेकोशी बाढी प्रभावितको राहत, उद्धार तथा पुर्नस्थापनाका लागि गर्ने निर्णय गरिएको हो । उक्त रकम सङ्कलन गरी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने नगर प्रमुख बानियाँले जानकारी दिए ।

attariya hospital

यस्तै, नगरपालिकाले उक्त विनाशकारी बाढीपछि भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्का बेला पीडामा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबैलाई आफ्नो क्षेत्रबाट सहयोग आग्रह गरेको छ ।