खाेज्नुहाेस

बैतडीको जिप दुर्घटना हुँदा सात जना घाइते

Image

बैतडी – बैतडमीमा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । बुधबार साँझ सतबाँझबाट सुर्नयाको बरायलतर्फ जाँदै गरेको बा.प्र.०३१ च ९३६८ नम्बरको जिप सुर्नया गाउँपालिका–२ लिस्किटामा दुर्घटना हुँदा ७ जना घाइते भएका हुन ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार उक्त जिप अनियन्त्रित भएर सडकबाट १५ मिटर तल खसेको थियो ।

attariya hospital

घाइते हुनेमा सुर्नया गाउँपालिका–२ की अन्दाजी ६५ बर्षीया हजारी बिष्ट, सोही ठाउँकी ३१ बर्षीया सुशीला भण्डारी, सोही ठाउँकी ७ बर्षीया दिप्ती बिष्ट, सुर्नया गाउँपालिका–६ रीगा बस्ने २० बर्षीया दिपा कुँवर, सुर्नया गाउँपालिका–५ स्वाली बस्ने ३० बर्षीय हरिश विक, सोही ठाउँका ४३ बर्षीय तिलक चन्द र सोही ठाउँका ३० बर्षीय दिपक चन्द रहेका प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाएको र उनीहरुको अवस्था मध्यमदेखि सामान्य रहेको प्रहरीले जनाएको छ । जिपमा ११ जना सवार रहेकोमा अन्य सकुशल रहेका छन ।