खाेज्नुहाेस

कञ्चनपुरमा कुटपिट गर्ने दिदी भिनाजु पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरमा कुटपिटको आरोपमा दिदी भिनाजु पक्राउ परेका छन् । बुधवार राती बेदकोट नगरपालिका – ७ गाउजीका ४९ वर्षीय गोपाल गिरीलाई कुटपिट गरेको आरोपमा उनकी दिदी पार्वती नाथ र भिनाजु बल्देब नाथ पक्राउ परेका हुन ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दिदी भिनाजुले कुटपिट गरी घाइते बनाएको भिडियो सामाजिक सञ्जालमा अपलोड भएपछि घटना सम्बन्धमा अनुसन्धान गर्न उनीहरूलाई पक्राउ गरिएको छ ।

attariya hospital

प्रहरी प्रवक्ता टेक बहादुर रावतले हाल कुटपिटबाट घाइते भएका गोपाल गिरीलाई महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा सामान्य उपचार पश्चात् माया मेट्रो अस्पताल धनगढीमा लगिएको छ । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।