खाेज्नुहाेस

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने

Image

धनगढी – सुदूरपश्चिम प्रदेशसभाको बैठक आज अपराह्न ५ बजे बस्दैछ । बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपसचिव ताराकुमारी जोशीले जानकारी दिए ।

navjiwan hospital

सत्ता गठबन्धनमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गत असार ३१ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् । संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत वा राजीनामा दिनुपर्ने प्रावधानअनुरुप उनले विश्वासको मत दिन लागेका हुन् ।

attariya hospital

बुधबार सभामुख भीमबहादुर भण्डारीलाई विश्वासको मत लिने जानकारी गराउँदै मुख्यमन्त्री शाहले प्रदेशसभा बैठक आह्वानका लागि पत्र पठाएका थिए । सुदूरपश्चिम प्रदेशसभामा ५३ जना सदस्य रहेका छन् ।

तीमध्ये मुख्यमन्त्री शाह नेतृत्वको नेपाली कांग्रेसबाट १८,नेपाली कम्युनिष्ट पार्टीबाट सभामुखसहित २२,एमालेबाट ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एकजना प्रदेशसभा सदस्य रहेका छन् । सरकार गठन वा विश्वासको मतका पक्षमा २७ जना आवश्यक पर्छन्। हाल एक जना देश बाहिर र एकजना निलम्बनमा रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।