खाेज्नुहाेस

सुदूरपश्चिमका मुख्यमन्त्रीले राजीनामा दिने

Image

धनगढी – विश्वासको मत लिने तयारीमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने भएका छन् । मुख्यमन्त्रीले यही साउन २७ वा २८ गते राजीनामा दिने तयारी गरेको जानकारी दिए ।

navjiwan hospital

प्रदेशसभामा आफूले विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्रीले राजीनामा दिने तयारी गरेका हुन् । विश्वासको मत लिनका लागि आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि राजीनामा दिने निष्कर्षमा पुगेको मुख्यमन्त्रीको भनाइ छ ।

attariya hospital

गत असार ३१ गते एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहको सरकार अल्पमतमा परेको थियो ।

मुख्यमन्त्रीले राजीनामा दिएसँगै सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । नयाँ सरकार गठनका लागि नेकपा र एमाले बिच सहमति भइसकेको छ । सोही नेकपाको नेतृत्वमा सरकार गठन हुनेछ ।