खाेज्नुहाेस

कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ, सबै धनगढीका

Image

कञ्चनपुर – कञ्चनपुरको पुनर्वासबाट लागूऔषध खैरो हेरोइन तथा विभिन्न ट्याब्लेटसहित चार जना पक्राउ परेका छन्।

पुनर्वास नगरपालिका–१० चकमेली बजार नजिक हुलाकी सडकखण्डबाट १ ग्राम ४१० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ, Nitrzpm-2, Spamsmo-4 र Nitrazepam-24 ट्याब्लेटसहित तीन जना पक्राउ परेका हुन्।

attariya hospital
navjiwan hospital

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–४ चौराहका ३० वर्षीय मनिष भट्ट, धनगढी–३ बडराका ३० वर्षीय हरि भन्ने हरिष खड्का र सोही ठाउँका ३० वर्षीय बिरेन्द्र चौधरी रहेका छन्।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारेको जनाएको छ।

यस्तै, सोही स्थानबाट ३६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित कैलालीको धनगढी उपमहानगरपालिका–२ चौराहका २७ वर्षीय नरेन्द्र बहादुर विष्ट पनि पक्राउ परेका छन्।

उनलाई पनि प्रहरीले शंका लागेर चेकजाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।