खाेज्नुहाेस

कञ्चनपुरमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजी कार्य जारी

Image

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाबाट च्याउ टिप्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गरेका १४ जना महिला सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार भीमदत्त नगरपालिका–१९ दशरथ टोलका ती महिलाहरू आइतबार बिहान करिब ११ बजे च्याउ टिप्न निकुञ्जभित्र प्रवेश गरेका थिए। उनीहरू शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोस्टबाट प्रवेश गरी ९ र ५ जनाको दुई समूह बनाएर जंगलतर्फ गएका थिए।

attariya hospital

सम्पर्कविहीन हुनेमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार रहेका छन्।

उनीहरू निर्धारित समयसम्म घर नफर्किएपछि खोजी सुरु गरिएको हो। प्रहरीका अनुसार सम्पर्कविहीन महिलाहरूको खोजी कार्य जारी रहेको छ।