खाेज्नुहाेस

बजेट विवादका चर्किएपछि मुख्यमन्त्री शाह काठमाण्डौंमा

Image

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटलाई लिएर सत्ता साझेदार दल भित्रै विवाद चर्किएपछि मुख्यमन्त्री कमल बहादुल शाह काठमाण्डौं गएका छन । बजेट विवादले सत्ता समीकरण नै प्रभावित हुने संकेत देखिएपछि नेपाली कांग्रेसले मुख्यमन्त्री कमलबहादुर शाहलाई काठमाडौं बोलाएको हो ।

navjiwan hospital

काठमाण्डौंमा उनले सोमबार पार्टी सभापति गगन कुमार थापा, उपसभापति विश्व प्रकाश शर्मा सँग समसामयीक राजनीतिक घटनाक्रमका बिषयमा छलफल गरेको मुख्यमन्त्रीको सचिवालले जनाएको छ ।

attariya hospital

आफ्नै सरकारद्वारा प्रस्तुत बजेटविरुद्ध नेकपा एमालेका छ जना प्रदेशसभा सदस्यले खर्च कटौती प्रस्ताव दर्ता गरेपछि बजेट पारित हुने प्रक्रिया अनिश्चित बनेको छ । एमाले सांसदहरूले विभिन्न मन्त्रालयको बजेट एक रुपैयाँमा सीमित गर्ने प्रस्ताव दर्ता गरेका छन्, जसलाई सरकारको बजेट अस्वीकार गरेको संकेतका रूपमा हेरिएको छ ।